close

सुन्तला सुपरजोन कार्यक्रमका लागि आवेदन माग

सुन्तला सुपरजोन कार्यक्रमका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

स्याङ्जा– प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइले सुन्तला सुपरजोन कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको छ । सुपरजोनअन्तर्गत कार्यक्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्नको लागि परियोजनाले आवेदन माग गरेको हो । 

चालू आर्थिक वर्ष २०८०/०८१ को इकाइको वार्षिक कार्यक्रमअन्तर्गत ५० देखि ८५ प्रतिशत अनुदानमा सुपरजोन सञ्चालन हुने जनाइएको हो । इकाइका अनुसार साना सिँचाइ पूर्वाधार निर्माण तथाम मर्मत सम्भार, स्थानीय तहको लागत सहभागितामा बीउ स्रोत केन्द्र स्थापना, बगैँचा सुदुढीकरण अभियान तथा बाली संरक्षणलगायतको कार्यक्रम सञ्चालन गरिने छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह र कृषि सहकारी संस्था र कृषि फर्मर जलर वन उपभोक्ता समितिले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अर्थात् असोज २६ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो इकाइले जनाएको छ ।