close

सुलिकोटमा 'एक वडा एक विशेष बाली' कार्यक्रम

सुलिकोटमा 'एक वडा एक विशेष बाली' कार्यक्रम

Trulli
ADVERTISEMENT

गोरखा - बारपाक सुलिकोट गाउँपालिकाले एक वडा एक विशेष बाली कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर उकास्नका लागि सो कार्यक्रम सञ्चालमा ल्याएको हो । 

गाउँपालिकाका कृषि शाखा अधिकृत बिनोद विश्वकर्माका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृतका कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालनमा ल्याउनका लागेको हो । कार्यक्रमको लागि आवश्यक अनुगमन तथा अनुसन्धान गर्दै आएको उनले पालिकाखबरलाई जानकारी दिए । 

सो कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । सो कार्यक्रम स्थानीय सहकारी तथा संघसंस्थासँग ५० प्रतिशत साझेदारीमा सञ्चालन हुने उनले बताए । गाउँपालिकामा ८ वटा वडा कार्यालय रहेका छन् ।

कार्यक्रमको लागि आवश्यक तालिम तथा वीउ पालिकाले उपलब्ध गराउने उनको भनाइ छ । चालू आवमा पाइलट प्रोजेक्टको रुपमा सञ्चालन हुने कार्यक्रम प्रभावकारी भएमा अर्को वर्ष पनि निरन्तरता दिने उनले बताए । उत्पादित सामग्रीकाे लागि बजारीकरणकाे लागि पनि गाउँपालिकाले सहयाेग गर्ने उनकाे भनाइ छ ।

साथै गाउँपालिकाले उत्पादनमा आधारित अनुदानमा ५ प्रतिशत दिने उनले बताए । सहकारीमार्फत रेकर्ड गरी विक्री गर्नुपर्ने उनले सुनाए । सोका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।