close

किसानलाई सिँचाइका लागि नि:शुल्क विद्युत्

किसानलाई सिँचाइका लागि नि:शुल्क विद्युत्

Trulli
ADVERTISEMENT

रौतहट - बौधीमाई नगरपालिकाले कृषि मिटर खपतको महसुलमा सतप्रतिसत अनुदान दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअनुरुप कृषि मिटरको महसुलमा सतप्रतिसत अनुदान दिन लागेको हो । 

नगरपालिकाको कृषि सेवा शाखा प्रमुख खेमराज बस्नेतका अनुसार पालिकाभित्रका सम्पूर्ण कृषकले खेतीपातीको लागि बोर्डिङमार्फत सिँचाई गर्दै आएका छन् । कृषकलाई सिँचाईमा सहुलियत दिनका लागि नगरपालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार पालिका क्षेत्रभित्र सिँचाइका लागि नहर र कुलोको समस्या छ । सिँचाईको व्यवस्थापनको लागि अनिवार्य रुपमा बोर्डिङ गर्नुपर्ने उनले सुनाए ।  सिँचाइको लागि नगरपालिकाले लाल बकैया नदीबाट पानी ल्याउने तथा थप बोर्डिङ गर्ने योजना बनाएको उनले भनाइ छ । 

नगरपालिकामा सामान्यत् ५०० देखि ७०० रुपैयाँ र धान खेती गर्ने समयमा १५०० देखि २००० सम्म बील उठ्ने गदर्छ । नगरपालिकाले सो कार्यक्रमको लागि आवश्यकता अनुसार बजेट विनियोजन भएको उनले बताए । आवश्यक रकम ससर्त तथा अन्य अनुदानबाट व्यवस्थापन गर्ने उनले सुनाए ।