close

बाँझो जग्गामा स्याउ र ओखर रोप्दै थासाङ

बाँझो जग्गामा स्याउ र ओखर रोप्दै थासाङ

Trulli
ADVERTISEMENT

मुस्ताङ- थासाङ गाउँपालिकालेका वार्षिक नीति तथा कार्यक्रमबाटै ‘बाँझो जग्गामा खेति प्रवर्द्धन’ कार्यक्रम पारित गरी प्रोत्साहनमूलक कार्यक्रम सुरुवात गरेको छ । 

गाउँपालिकाभित्र जग्गालाई बाँझो नराख्ने अभियानअन्तरगत स्याउ र ओखर उत्पादन गर्ने किसालाई प्रोत्साहनस्वरुप अनुदान दिन लागेको गाउँपालिकाको कृषि शाखा प्रमुख विकास गायकले पालिकाखबरलाई बताए । 

शाखा प्रमुख गायकका अनुसार गाउँपालिकाले प्रतिरोपनी ५ हजारसम्म दिनेछ । उक्त कार्यकमप्रति किसानहरु आकर्षित भएका गाउँपालिकाले जनाएको छ ।