close

५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्दै मनहरी

५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्दै मनहरी

Trulli
ADVERTISEMENT

मकवानपुर– मनहरी गाउँपालिकाले गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थानीयलाई गहुँको उन्नत बीउ वितरण गर्ने भएको हो ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्ष २०८०/०८१ को लागि स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत सशर्त अनुदान तर्फ ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्न लागेका गाउँपालिकाले जनाएको छ । 

विजय, गौतम जातको बीउ लिन इच्छुक कृषक, कृषि फर्म, कृषि सहकारी तथा कृषक समुहले ७ दिन भित्रमा आवश्यक कागजातसहित गाउँपालिकाको कृषि शाखामा आवेदन दिन सक्ने छन् ।