close

किसानलाई प्राङ्गारिक मल वितरण

किसानलाई प्राङ्गारिक मल वितरण

Trulli
ADVERTISEMENT

धादिङ– कृषि ज्ञान केन्द्र धादिङले किसानलाई प्राङ्गारिक मल वितरण कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले प्राङ्गारिक मल वितरण कार्यक्रममा सहभागी हुन जिल्लाका कृषकलाई आह्वान गरेको हो । 

चालू आर्थिक वर्ष २०८०\०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्राङ्गारिक मल वितरण कार्यविधि, २०७९ अनुसार प्राङ्गारिक मल बिक्री वितरण गर्ने कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । मल खरिद गर्न इच्छुक धादिङ जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् कार्तिक २ गते भित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने केन्द्रले जनाएको छ ।