close

अनुदानमा गहुँको बीउ वितरण गर्दै भीरकोट

अनुदानमा गहुँको बीउ वितरण गर्दै भीरकोट

Trulli
ADVERTISEMENT

स्याङ्जा भीरकोट नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ । 

नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्न लागेको हो । 

नगरपालिकाले सूचना निकाल्दै अनुदानमा बीउ लिन इच्छुक कृषक, कृषि फर्म, कृषक समूहले आवश्यक परिमाणमा आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको हो ।