close

किसानलाई धनगढी उपमहानगरको एसएमएस  : ३ दिन धान नकाट्नू

किसानलाई धनगढी उपमहानगरको एसएमएस  : ३ दिन धान नकाट्नू

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ।

असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ। 

धान पाकिसकेकाले यहाँका किसानले काट्न सुरु गरिसकेका छन् । काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ ।