close

कृषिका लागि १० लाख विनियोजन : तरकारी खेती प्राथमिकतामा

कृषिका लागि १० लाख विनियोजन : तरकारी खेती प्राथमिकतामा

Trulli
ADVERTISEMENT

सप्तरी- छिन्नमस्ता गाउँपालिकाले तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको छ  । गाउँपालिकाले आय आर्जन तथा उत्पादनमा वृद्धि गर्न तरकारी खेतीलाई प्राथमिकतामा राखेको हो । 

गाउँपालिकाका कृषि शाखाका कृषि विकास अधिकृत राणाप्रताप सिंहका अनुसार गाउँपालिकाले तरकारीका लागि अनुदानमा वीउ वितरण गर्ने भएको छ । उनका अनुसार गाउँपालिलकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा कृषिको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सो रकमबाट तरकारीको वीउ वितरण, अफिस व्यवस्थापन, गहुँको वीउ तथा समूह स्वीकृतीकरणका लागि बजेट विनियोजन भएको उनले बताए । कृषिको लागि थप बजेट माग गरेता पनि सो नपाएको उनको गुनासो छ ।