close

प्रतिकिलो खाद्यान्नमा कृषकलाई ७ रुपैयाँ अनुदान

प्रतिकिलो खाद्यान्नमा कृषकलाई ७ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

कैलाली - जानकी गाउँपालिकाले उत्पादितमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय कृषकलाई कृषि पेशामा प्रोत्साहन बढाउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख लालबिर चौधरीका अनुसार कृषकले उत्पादन गरेको खाद्य सामग्रीको आधारमा प्रोत्साहन रकम दिने छ । प्रत्येक कृषकलाई प्रतिकिला ७ रुपैयाँको दरले रकम वितरण गर्ने उनले पालिकाखबरलाई सुनाए । 

सो कार्यक्रमको लागि गाउँपालिकाले चालू आर्थिक वर्षम ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । कार्यक्रममार्फत बढी खाद्यान्न उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने विश्वास उनको छ । गाउँपालिकाले धान, मकै, गहुँजस्ता खाद्यान्न बालीमा अनुदान  दिने उनले बताए ।