close

कृषिमा आत्मनिर्भर बन्न 'एक घर एक टनेल'

कृषिमा आत्मनिर्भर बन्न 'एक घर एक टनेल'

Trulli
ADVERTISEMENT

कैलाली– चुरे गाउँपालिकाले 'एक घर एक टनेल' कार्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

व्यावसायिक कृषि उत्पादनका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको कृषि शाखा प्रमुख दिपक पाण्डेले पालिका खबरलाई जानकारी दिए । 'गाउँपालिकाभित्रमा ६ वटै वडामा साे वजेटले कार्यक्रम सञ्चालन गर्ने याेजना छ,' उनले भने ।

कृषि व्यवसाय गर्ने किसानहरुका लागि ७५ प्रतिशत अनुदानमा बीउ बिजन वितरण गर्ने गर्ने उनले सुनाए । 'गाउँपालिकामा ९० प्रतिशत किसानहरु कृषिका आधारित छन् । तराईदेखि उच्च पहाडसम्म फल्ने सबै किसिमका उत्पादन हुने भएकोले कृषिका लागि एकदमै सम्भावना रहेको ठाउँ हो,'  उनले भने । 

स्थानीय किसानहरुका लागि धनियाँको बीउ, पालकको बीउ, रायोको बीउ, बन्दा आदि निःशुल्क वितरण गर्ने उनले सुनाए ।