close

उत्पादन छ तर छैन गाउँपालिकाको प्राथमिकतामा

उत्पादन छ तर छैन गाउँपालिकाको प्राथमिकतामा

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– महाकुलुङ गाउँपालिकाभित्र चिया खेती हुने भएको छ । चियाको उत्पादन राम्रो हुने भएकाले पालिकाका सबै वडामा चियाखेति गर्न लागिएको हो । 

१२ ओटा भन्दा धेरै संस्थाले कृषकहरुलाई चियाको बिउ वितरण तथा उत्पादनमा सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङले बताए । यस्तै पालिकाको वडा नं ४ र ५ का मानिसहरु अँलैची उत्पादनबाट आत्मनिर्भर बनिरहेको समेत उनले जानकारी दिए । ‘पालिकामा रहेका ५ वटै वडामा अँलैची खेती हुने गरेको छ । पहिले त ५० करोडसम्मको अँलैची बेचेको रेकर्ड थियो । अहिले बजार अलि घटेपनि राम्रै बिक्री भइरहेको छ,’ उनले पालिकाखबरसँग भने । 

पछिल्लो समयमा पालिकाका किसानहरु किबि खेतीतर्फ समेत आकर्षित रहेको उनले सुनाए । पालिकाभरि नै किबि रोप्न थालिसकिएपनि वडा नं ३ मा बढी उत्पादन हुने गरेको उनले बताए ।

पालिकाले किबि तथा अँलैची उत्पादन बढाउन तथा बजार व्यवस्थापनको लागि खासै केही कार्यक्रम भने नल्याएको उनले बताए । उनको अनुसार पालिकामा व्यापारिहरु थुप्रै रहेकाले उत्पादनलाई बजार पुर्याउन  खासै समस्या हुँदैन ।