close

आलुसहित खाद्यान्न बालीमा आत्मनिर्भर बन्दै सुवर्ण

आलुसहित खाद्यान्न बालीमा आत्मनिर्भर बन्दै सुवर्ण

Trulli
ADVERTISEMENT

बारा - सुवर्ण गाउँपालिकाले खाद्यान्न बाली तथा आलु उत्पादनलाई प्राथमिकतामा दिँदै आएको छ । गाउँपालिकामा आल तथा खाद्यान्न बाली उत्पादन धेरै हुने भएकोले प्राथमिकतामा राखेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख रामेश्वर अधिकारीका अनुसार पालिकाभित्र आलु, धान, मकै तथा गहुँ वर्षेनी धेरै उन्पादन हुने गर्दछ । उत्पादनलाई बढाउनका लागि गाउँपालिकाले अनुदानमा उन्नत जातको बीउ, विषादी तथा सामग्री वितरण गरिने उनले पालिकाखबरलाई सुनाए । उत्पादित सामग्री पालिकासँगै अन्य जिल्लामा पनि बजारीकरणका लागि पठाइने उनले सुनाए । 

गाउँपालिकामा उत्पादित आलु तथा खाद्यान्नलाई व्यापारी आफैँ लिन आउने उनले सुनाए । चालू आवमा पनि गाउँपालिकाले उत्पादन बढाउनका लागि योजना  सञ्चालन गरिने उनले बताए । गाउँपालिकामा धान, मकै, गहुँ, आलृु लगायतको विभिन्न खाद्यान्न तथा तरकारी बाली लगाइने गरिन्छ ।