close

भीमदत्त नगरपालिका ३५ किसानलाई हाते ट्रयाक्टर

भीमदत्त नगरपालिका ३५ किसानलाई हाते ट्रयाक्टर

Trulli
ADVERTISEMENT

कञ्चनपुर- भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।

पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्रयाक्टरले सहजता थप्ने उहाँले विश्वास व्यक्त गरे । 

भीमदत्त नगरपालिका वडा नं ७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत किसानको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताए । “पहिलोपटक ३५ जना किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर किसानले आधा सहुलियतमा पाएका हुन्”, उनले भने, “कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।”

अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त नगरपालिका–७ का स्थानीय खेमराज भट्टले बताए । “गोरु वा भाडामा ट्रयाक्टर ल्याएर खेत जोत्नुपथ्र्यो । अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ । अनुदानमा ट्रयाक्टर पाउँदा निकै खुसी लागेको छ ।”

किसानले अनुदानमा एक लाख २५ हजारको लागतमा ट्रयाक्टर पाएका हुन् । “बजारमा किन्दा साढे दुई–तीन लाख पर्थ्यो । किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्रयाक्टर पाएका छौँ ।”