close

गन्यापधुराले ४६ लाखको कोल्ड स्टोर सञ्चालनमा ल्यायो

गन्यापधुराले ४६ लाखको कोल्ड स्टोर सञ्चालनमा ल्यायो

Trulli
ADVERTISEMENT

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकामा कोल्ड स्टोर सञ्चालनमा आएको छ । गाउँपालिकाले सो कोल्ड स्टोर एक कार्यक्रमबीच उद्घाटन गरी सञ्चालनमा आएको हो ।

गाउँपालिकाको वडा नम्बर २ स्थित पारीखेतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीले एक कार्यक्रमका बीच स्टोरको उद्घाटन गरेको हो ।

स्थानीय किसानले उत्पादन गरेका तरकारी भण्डारण गर्न स्टोर निर्माण गरिएको अधिकृत तामाङले पालिकाखबरलाई जानकारी दिए । पालिकामा ४६ लाख बराबरको लागतमा कोल्ड स्टोर निर्माण गरिएको उनले बताए ।

कोल्ड स्टोरमा एक हजार क्वीन्टल कृषि उपज भण्डार गर्ने क्षमता रहेको उनको भनाइ छ । सिजन अनुसारको तरकारी स्टोर गर्न सकिने तामाङले बताए । स्थानीय स्तरमा उत्पादनमा बृद्धि र सुरक्षित भण्डार गर्न स्टोर स्थापना गरिएको उनले बताए ।