close

सहकारी संस्था लक्षित सम्पत्ति शुद्धीकरण सफ्टवेयर​​​​​​​

सहकारी संस्था लक्षित सम्पत्ति शुद्धीकरण सफ्टवेयर​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं - डेटम सिस्टम्स प्रालिले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाका लागि पनि उपलब्ध गराउने भएको छ ।


डेटम सिस्टम्स प्रालि र सहकारी संस्थाहरूमा बैंकिङ सफ्टवेयर उपलब्ध गराउने संस्था इन्फोडेभलपर्स प्रालिबीच पारस्परिक सहयोग उपलब्ध गराउने समझदारी भएको छ । समझदारीपत्रमा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत  गिरिश दाहाल र इन्फो-डेभलपर्सकाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका हुन् । 


समझदारीपछि सहकारी संस्थाहरूले सरल रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सहकारी विभागले समय-समयमा दिएका निर्देशनबमोजिम ग्राहक पहिचान गर्न, त्यसको अभिलेख राख्न प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न सक्नेछन् । यस्तै, ग्राहकको पेसा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी च्यानलसमेतको आधारमा जोखिम निर्धारण गर्न सकिनेछ ।


ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारका सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिए वा ग्राहकको काम–कारबाही शंकास्पद देखिए वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन् । यसका अतिरिक्त ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरूले वित्तीय जानकारी इकाइमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन् ।


कार्यक्रममा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरूले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सहकारी संस्थामा भएको प्रावधानको कार्यान्वयन गर्न आवश्यक  साधन–स्रोत, प्रविधि र ज्ञान सहकारी संस्थासम्म पुग्न सक्ने विश्वास व्यक्त गरे ।


सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थालाई सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय लक्ष्यमा सहयोग मिल्ने  इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।