close

गल्याङले सुरु गर्‍यो बृहत् गुरुयोजना

गल्याङले सुरु गर्‍यो बृहत् गुरुयोजना

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका स्रोत पहिचान गरी कृषि, वन र जडीबुटी उत्पादन बढाएर नगरबासीको आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले पाँचबुँदे घोषणा सार्वजनिक गरेको छ । 

कृषि क्षेत्रको विकास गरी एक घर, एक करेसाबारी बनाउने अभियानसहित नगरपालिकाले पाँचवर्षे गुरुयोजना सार्वजनिक गरेको हो । गल्याङ नगरपालिकाले अगाडि सारेको पाँचवर्षे बृहत् गुरुयोजनामा जिल्लास्थित कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय,  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले कृषि र जडीबुटीमार्फत नगरपालिकाको आर्थिक विकासमा सहयोग गर्नेछन् । 

 

यसैगरी, जडीबुटी, पशु, कृषिलाई जोडेर स्थानीय आर्थिक विकासमार्फत नगरबासीको हैसियत माथि उकास्ने गरी नगरपालिकाले बृहत् पञ्चवर्षीय योजना बनाउने तयारी थालेको नगरप्रमुख भूपराज अधिकारीले पालिका खबरलाई जानकारी गराए । 

 

नगरपालिकालाई आर्थिक हिसाबमा समृद्ध बनाउने लक्ष्यसहित पाँचवर्षे बृहत् गुरुयोजना सुरु भएको छ । योजनामा स्थानीय कृषि उत्पादनलाई समेटेर गाउँपालिका र नगरबासीको आर्थिक क्रियाकलाप बढाउने लक्ष्य छ । सामुदायिक वनलाई समेत प्रयोग गरी कृषि वन विस्तार गर्ने निर्णय भएको छ ।


यस्तै, एक घर, एक करेसाबारी बनाउने निर्णय पनि सर्बसम्मत पारित गरिएको गल्याङ नगरपालिका  वडा नम्बर–१० का अध्यक्ष ध्रुव शर्मा पंगेनीले बताए । 

 

वनजंगलको उचित सदुपयोग गर्न सकिए नगर विकासमा कुनै समस्या नहुने देखिन्छ । प्रत्येक स्थानीयबासीको घरमा पाँच जडीबुटी, पाँच योगाभ्यास र समूहगत रुपमा समेत जडीबुटी खेती विस्तार गर्ने निर्णय सर्वसम्मत पारित भएको छ । 

 

आफ्नै गाउँठाउँमा भएका जडीबुटीको पहिचान गरी नगरभित्र आयुर्वेदिक औषधालय अध्ययन विस्तार गर्नुपर्नेछ  ।