close

चन्द्रागिरि हिल्सको फेस्टिभ अफर 

चन्द्रागिरि हिल्सको फेस्टिभ अफर 

Trulli
ADVERTISEMENT

काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडले दसैं–तिहार अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ ।

 

कम्पनीले चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोर्टमा ६ हजार ५ सयमा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो । यो अफर बुधबारदेखि आउँदो १५ मंसिरसम्म  मान्य हुने कम्पनीले बताएको छ । 

 

कम्पनीले ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।