close

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।


कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले जारी गरेको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् । 


राष्ट्र बैंकबाट जारी नीतिगत व्यवस्था र वित्तीय क्षेत्रको समसामयिक विषयमा  बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्षहरूसँगको अर्चुअल छलफलमा गभर्नर अधिकारीले अनुत्पादक क्षेत्रको लगानीले प्रतिफल नदिने हुँदा विचार पुर्‍याउनुपर्ने हुनुपर्ने आवश्यकता औंल्याए । 


कार्यक्रममा सहभागी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरूलाई गभर्नरले कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्वद्र्धनमा टेवा पुग्ने गरी वित्तीय सेवा प्रदान गर्न आग्रह गरे ।  ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी हुनु हुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्पm केन्द्रित हुनुपर्छ’, गभर्नर अधिकारीले भने ।


राष्ट्र बैंकले मर्जर÷प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न सकिने बताए । भर्चुअल कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले केन्द्रीय बैंकले फोर्स मर्जरको नीति लिन नहुने र स्वेच्छिक मर्जरमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । 


बैंकहरूलाई मर्जरका लागि दिएको अहिलेको प्रोत्साहन अझै थप गर्न उनले अनुरोध गरे । एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानले भने, ‘हामीले मर्जर प्रोत्साहनका लागि थप सहुलियत माग गरेका छौं । मर्जरपछि ११  सञ्चालक समितिको सदस्यको नीति ल्याउनुपर्ने, मर्जरपछि दुवै बैंकका अध्यक्षलाई केही समयका लागि समेट्ने गरी समितिमा १ जना अध्यक्षको अनुपस्थितिमा अर्कोले काम गर्न मिल्ने व्यवस्था गर्नुपर्नेलगायत थप छुट दिन अनुरोध गरेका छौं ।’


अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया) मा प्रमोटर सेयरलाई संस्थापकमा लैजन पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । वाणिज्य बैंकहरूको शाखा सबै स्थानीय तहमा पुगेपछि विकास बैंक र वित्त कम्पनीको काम गर्ने कार्यक्षेत्र नभएकाले स्पष्ट व्यवस्था गर्न पनि केन्द्रीय बैंकलाई सुझाव दिएको गोल्यानले बताए । 


कार्यक्रममा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेघा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।