close

सुनकोसीले दियाे धेरै राजस्व उठाउने वडालाई ‘थप अनुदान’

सुनकोसीले दियाे धेरै राजस्व उठाउने वडालाई ‘थप अनुदान’

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लाको सुनकोसी गाउँपालिकाले १० वडामध्ये बढी राजस्व उठाउने ३ वटा वडालाई थप अनुदान दिएर पुरस्कृत गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व उठाउने ३ वडालाई पुरस्कृत गरेको हो ।   


गाउँपालिकाले सबैभन्दा बढी राजस्व उठाउने वडालाई ५ लाख, ३ लाख र २ लाख थप अनुदान दिएको छ । गाउँपालिकाले गत वर्षबाट यस्तो नीति ल्याएको हो ।


सबैभन्दा बढी ९ वडाबाट १ लाख ६६ हजार ५ सय ५९ रुपैयाँ राजस्व संकलन भएको थियो । सो वडाले ५ लाख थप अनुदान पाएको वडाध्यक्ष झनक कार्कीले बताए ।


त्यस्तै, ३ वडाले १ लाख १९ हजार ६ सय ५८ राजस्व उठाएर  ३ लाख थप अनुदान पाएको छ । वडा–४ ले २ लाख थप अनुदान पाएको हो । 


विकासमा प्रतिस्पर्धा गराउन पनि अनुदानले प्रोत्साहन गर्ने र पुरस्कारबापत थपिएको ५ लाख अनुदान वडाको आन्तरिक स्रोत वृद्धि एवं व्यवसाय प्रवर्धनमा खर्च हुने ९ नम्बर वडाध्यक्ष कार्कीले बताए ।


गत वर्ष वडा नम्बर १ ले बढी राजस्व संकलन गरेर ५ लाख  थप अनुदान पाएको थियो । सुनकोसी गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख २० हजार ८ सय १९ रुपैयाँ राजस्व उठाएको छ । 


राजस्वको दायरालाई फराकिलो बनाउँदै करदातालाई नियमानुसार करको दायरामा ल्याउने, स्थानीय तहको आयस्रोत बढाउने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।