close

बाग्लुङ बजारमा ताला लगाउन उद्योगीको माग 

बाग्लुङ बजारमा ताला लगाउन उद्योगीको माग 

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङ बजारका केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि उद्योग वाणिज्य संघले १४ दिने बन्दाबन्दीका लागि स्थानीय प्रशासन र बाग्लुङ नगरपालिकालाई अनुरोध गरेको छ । 


आइतबार बिहान बसेको संघको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने अवस्था रहेको भन्दै बन्दाबन्दीका लागि अनुरोध गरेको हो । 

 

बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात, सरकारी तथा गैरसरकारी संस्था सबै बन्द गर्ने अवस्था आए समुदायमा संक्रमण थप फैलिन नदिन व्यवसाय बन्द गर्न तयार रहेको संघका महासचिव नरेश कँडेलले बताए । 


‘व्यवसाय मात्रै बन्द गरेर कुनै अर्थ हुँदैन । सबै क्षेत्र १४ दिनै बन्द गरौं भनेर अनुरोध गरेका छौं,’ कँडेलले भने, ‘भयावह अवस्था आउन नदिन जिम्मेबार बनौं भन्ने हो ।’ संघले जिल्ला प्रशासन र नगरपालिकालाई पत्राचार गरिसकेको छ । 


‘संघ र प्रदेश सरकारको नीति बन्दाबन्दी गर्ने भन्ने छैन,’ बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘व्यवसायीहरू लकडाउनको पक्षमा रहेकाले विकल्पमा छलफल भइरहेको छ ।’


पछिल्लो समय कोरोना पुष्टि भएका ९ मध्ये अधिकांश व्यवसायी छन् भने सम्पर्कमा आएकाहरूको संख्या पनि उत्तिकै छ ।

 

जिल्लाका १० स्थानीय तहमध्ये बाग्लुङ नगरमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । बजार क्षेत्रमा आउजाउसमेत धेरै भएकाले नगरमा लकडाउन गर्न व्यवसायीले माग गरेका हुन् ।