close

स्थानीय पाठ्यक्रम बनाउँदै नौबहिनी गाउँपालिका 

स्थानीय पाठ्यक्रम बनाउँदै नौबहिनी गाउँपालिका 

Trulli
ADVERTISEMENT

प्यूठान– प्युठानको नौबहिनी गाउँपालिकाले अघिल्लो गाउँसभाबाट विनियोजन गरेका योजनामा खर्च हुन नसकेको रकम नयाँ योजनामा रकमान्तरण गरेको छ । हिउँदे गाउँसभाले यसअघिको गाउँसभाले पारित गरेका योजना संशोधन तथा रकमान्तर गरेको हो ।

 

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचार कोष, कृषकसँग गाउँसरकार कार्यक्रमलगायत योजनाको रकम रकमान्तर गरिएको हो । रकमान्तर तथा संशोधन गरिएको योजनाबाट मोटर बाटो निर्माण, सिँचाइ योजना, नदी नियन्त्रण, भवन निर्माणलगायत योजनालाई बजेट विनियोजन गरिएको छ ।


१ करोड ३२ लाख ६४ हजार रुपैयाँ बराबरको योजना संशोधन तथा रकमान्तर गरिएको हो । गाउँसभाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।