close

गोदावरी नगरपालिकाको बजेट सवा अर्ब बढी

गोदावरी नगरपालिकाको बजेट सवा अर्ब बढी

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब १८ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ ।


सातौँ नगरसभाबाट नगरपालिकाले बिहीबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।


नगर उपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १ अर्ब १८ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।


बजेटअन्तर्गत चालूतर्फ ६६ करोड २२ लाख ९७ हजार र पुँजीगततर्फ ५२ करोड ४८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

 

नगरपालिकाले संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट २० करोड ३५ लाख, ससर्त अनुदानबाट ३८ करोड ५ लाख, राजस्व बाँडफाँटबाट १४ करोड ३३ लाख ८१ हजार र विशेष अनुदानबाट १ करोड रुपैयाँ अनुमान गरेको छ ।

 

यसैगरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान १ करोड ५१ लाख ३५ हजार, राजस्व ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट ११ करोड ७५ लाख ४२ हजार ५ सय र सञ्चित कोषको मौज्दातबाट २६ करोड ४९ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरेको छ ।