close

हुम्लाका ४ गाउँपालिकाको बजेट १ अर्ब ४२ करोड,  ३ पालिकाले ल्याउनै सकेनन् 

हुम्लाका ४ गाउँपालिकाको बजेट १ अर्ब ४२ करोड,  ३ पालिकाले ल्याउनै सकेनन् 

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाका ४ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ४२ करोड ३३ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अधिकांश गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।


बिहीबार गाउँसभामा सीमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिकाले बजेट ल्याएका हुन् । सदरमुकामसमेत रहेको सीमकोट गाउँपालिकाले आगामी आर्थिक २०७८/७९ को बजेटमा सडक, मर्मतसम्भार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै राखेर ४६ करोड ४६ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


आगामी वर्ष चालूतर्फ २६ करोड ९९ लाख २२ हजार र पुँजीगततर्फ १९ करोड ५७ लाख २२ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । सीमकोट गाउँपालिकाले चालूतर्फ चालूतर्फ ५८.०९ प्रतिशत र पँुजीगततर्फ ४१.९ प्रतिशत बजेट विनियोजन गरेको छ ।


पूर्वाधार विकासतर्फ १८ करोड १२ लाख ६ हजार, आर्थिक विकासतर्फ १९ करोड ९३ लाख ४७ हजार, सामाजिक विकासतर्फ ४ करोड ९५ लाख २४ हजार वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख र संस्थागत विकास तथा सुशासन कार्यक्रमतर्फ २ करोड २५ लाख ६८ हजार रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।


पूर्वाधार विकासतर्फ १८ करोड १२ लाख ६ हजार, आर्थिक विकासतर्फ १९ करोड ९३ लाख ४७ हजार, सामाजिक विकासतर्फ ४ करोड ९५ लाख २४ हजार वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख र संस्थागत विकास तथा सुशासन कार्यक्रमतर्फ २ करोड २२५ लाख ६८ हजार बजेट विनियोजित गरिएको छ ।


गाउँपालिका अध्यक्ष पदमबहादुर लामा अध्यक्षताको गाउँसभामा उपाध्यक्ष वली रावतले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । त्यसैगरी खार्पुनाथ गाउँपालिकाले पनि ३६ करोड ६९ लाख ११ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


चालू खर्चमा विनियोजित बजेट १७ करोड ४१ लाख १ हजार र पुँजीगततर्फ १९ करोड २६ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । 


आर्थिक विकासतर्फ २ करोड २५ लाख, सामाजिक विकासतर्फ १७ करोड ८१ लाख ४ हजार ५ सय ८४, पूर्वाधार विकासतर्फ ७ करोड ५५ लाख ६१ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ९ लाख १४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६ करोड ८८ लाख ३१ हजार ४ सय १६ रुपैयाँको बजेट प्रस्तुत गरिएको खार्पुनाथका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।


हुम्लाको बाजुरासँग जोडिएको ताँजाकोट गाउँपालिकाले ३१ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए । सडक, पहिरोपीडितका लागि पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र आयआर्जनलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । 


अदानचुली गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र आयआर्जनका क्षेत्रका लागि बजेट विनियोजना गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर फडेराले बताए । गाउँपालिकाले आगामी वर्षका लागि २७ करोड ९८ लाख ६२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । हुम्लामा बाँकी ३ वटा गाउँपालिकाले १८ असारसम्म गाउँपरिषद् गर्ने बताएका छन् ।