close

बेरुजु फर्स्याेट नगर्ने व्यक्ति तथा संस्थाको भुक्तानी रोक्का 

बेरुजु फर्स्याेट नगर्ने व्यक्ति तथा संस्थाको भुक्तानी रोक्का 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्ना नाममा रहेको बेरुजु फर्स्याेट नगर्ने व्यक्ति तथा संस्थाको भुक्तानी रकम रोक्का गर्ने भएको छ ।


पालिकाले सार्वजनिक सूचना जारी गर्दै बेरुजु फर्स्याेट नगर्ने व्यक्ति, निर्माण व्यवसायी,फर्म तथा संस्थाहरूको भुक्तानी रोक्का गरिने जानकारी दिएको हो ।


प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बेरुजु कायम भएका व्यक्ति, निर्माण व्यवसायी, फर्म तथा संस्थालाई पटक-पटक बेरुजु फर्स्याेटका लागि ताकेता गर्दा पनि बेवास्ता भएकाले यसो गर्नुपरेको बताए ।

 

उनका अनुसार बेरुजु कायम रहेका र चालू आवकै भुक्तानी पाउने क्रममा रहेका व्यक्ति, निर्माण व्यवसायी, फर्म तथा संस्थाको भुक्तानी रोक्का गरिनेछ ।

 

आर्थिक वर्ष २०७६/७७ मा महालेखा परीक्षकको कार्यालय, प्रादेशिक लेखा परीक्षण निर्देशनालय प्रदेश १ डोरमुकाम ताप्लेजुङको प्रारम्भिक प्रतिवेदनअनुसार विभिन्न कारणले बेरुजु कायम रहेकाले कडाइ गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।