close

व्यासले पास गर्‍याे १ अर्ब ७७ करोडको बजेट, कर्मचारी बढुवा गर्न ऐन

व्यासले पास गर्‍याे १ अर्ब ७७ करोडको बजेट, कर्मचारी बढुवा गर्न ऐन

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको सबैभन्दा पुरानो व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको छ । १०  असारमा ३५औँ नगरसभामा पेस गरिएको बजेट बुधबार पास भएको हो ।
 
चालूतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालूतर्फ १ अर्ब २ करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ ७५ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


व्यासको बजेटले सामाजिक विकासलाई प्राथमिकता दिएको उनको भनाइ छ । सामाजिक विकास शीर्षकमा ९३ करोड १७ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको न्यौपानेले बताए । 


आर्थिक विकासमा १९ करोड ११ लाख ९६ हजार, पूर्वाधार विकासमा ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ २ करोड ५४ लाख ६६ हजार रुपैयाँ छुट्याइएको छ ।


संघीय सरकारबाट ससर्त अनुदानमा ५६ करोड १७ लाख, वित्तीय समानीकरण अनुदान १९ करोड ७६ लाख, राजस्व बाँडफाँटबाट १२ करोड ९८ लाख ५१ हजार, सामाजिक सुरक्षा अनुदानबापत २१ करोड, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, सञ्चित कोष अल्याबाट १५ करोड ३७ लाख १२ हजार, राजस्व बाँडफाँटअन्तर्गत मालपोत रजिस्ट्रेसनबाट १० करोड रुपैयाँ आम्दानी हुने अनुमान नगरको छ । 


नगर विकास कोष ऋणबाट १० करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट २ करोड ४४ लाख ७८, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १ करोड ७४ लाख ७५ हजार, गाउँ/नगर साझेदारी कोषबाट १ करोड ६५ लाख, संघीय सरकारको विशेष अनुदानबाट १ करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट १ करोड, ससर्त अनुदानबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 


नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्त्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको न्यौपानले बताए । 

 

स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास भएको छ । पाँच वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा गर्ने गरी ऐन बनाइएको न्यौपानेले जानकारी दिए ।


अवकाशप्राप्त कर्मचारीलाई उपदान दिने व्यवस्थासमेत ऐनले गरेको छ । करारमा कार्यरत कर्मचारीका लागि पनि उपदान दिने व्यवस्था हुनेछ ।