close

बाँस व्यापारबाट किसान र व्यापारी दुवै मालामाल

बाँस व्यापारबाट किसान र व्यापारी दुवै मालामाल

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको दुहबी नगरपालिकाका बाँस व्यापारी देवकृष्ण मण्डल र उनका २८ वर्षीय भाइ दशरथ मण्डल बाँसको कारोबार गर्छन् । देवानगञ्जबाट बाँस किनेर विराटनगर र दुहबीका बजारमा बेच्ने गरेका उनीहरूले मनग्ये आम्दानी गर्छन् ।

 

परिवारमा बूढापाका र बालबच्चा मात्र भएका कारण दुवै जना बाँस व्यापार र खेती–किसानीमा खटिन्छन् । दुवै काममा उनीहरूको सहयात्री बनेका छन्, एक हल राँगा । ती राँगा देवकृष्णले चार वर्षअगाडि डेढ लाख रुपैयाँ हालेर किनेका हुन् ।

 

स्याहार गरेर नै उनले राँगालाई बलिया बनाएका छन् । अहिले बेच्नुपरे करिब ३ लाख रुपैयाँसम्ममा बिक्री हुने देवकृष्ण बताउँछन् । एक जोडी राँगाले देवकृष्ण र दशरथलाई खेतमा तथा सडकका काममा सघाउँछन् । खेतमा हलो जोत्न परे वा सयौँ घना बाँस लोड गरेको गोरुगाढा तान्न परे । 

 

खेती गर्ने समय दुवैलाई नारेर देवकृष्ण जोत्छन्, बाली ओसार्न पनि ती राँगाकै सहयोग लिन्छन् अनि दाउनी गर्नुपरेमा तिनै राँगा काममा आउँछन् ।

 

खेतबाट फुर्सद मिलेपछि दुई दिनको समय खर्चिएर गोरुगाडा चढेर देवकृष्ण र दशरथ बाँस खरिद गर्न गाउँतिर निस्कन्छन् । उनीहरू नेपाल–भारत सीमानजिक पर्ने देवानगञ्जतिरबाट बाँस प्रतिघन एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा खरिद गर्छन् । काट्छन्, झिक्रा केलाउँछन् र गोरु गाडामा लोड गर्छन् । त्यहाँबाट उनीहरू पुनः विराटनगर हुँदै दुहबी फर्किन्छन् ।

 

देवानगञ्जबाट दुहबी करिब ३६ किलोमिटर पर्छ । त्यो यात्रा उनीहरूका लागि एक दिनको नै हुन्छ । राँगाले बिसाउनुपर्ने भएका कारण रोक्दै, राँगालाई खुवाउँदै र आराम गर्दै उनीहरू दुहबी पुग्छन् ।

 

कहिलेकाहीँ दुहबी नपुग्दै बाँस बिक्री भइसक्छ । कहिलेकाहीँ एउटा पनि नबिकी दुहबी पुगिन्छ । केही बाँस घरमा थन्क्याइएको देवकृष्ण बताउँछन् ।

 

‘प्रायः एक सय वटा बाँस लोड हुन्छ, कहिलेकाहीँ एकै जनाले ठूलो मात्रामा किनिदिँदा घरसम्म बाँस पु¥याउन सकिँदैन । कहिलेकाहीँ बिक्री नभएर घरै पुग्छन् । घरबाटै पनि धेरै बिक्री हुन्छ,’ प्रतिघन दुई सय ५० रुपैयाँसम्म बिक्री गर्दा एक गाडी बाँसबाट कम्तीमा पनि २० हजार फाइदा हुने उनले सुनाए ।

 

बाँसबाट १५ हजार र भिक्राबाट ५ हजार जति आम्दानी हुँदा २० हजार चोखो आम्दानी हुने उनको भनाइ छ । देवानगञ्जकै बाँस व्यापारी देवनारायण मेहता र बब्लु मेहता देवानगञ्जका विभिन्न स्थानबाट बाँस किनेर विराटनगर पु¥याउँछन् ।

 

देवनारायण र बब्लु बाबु–छोरा हुन् । ६ वर्ष अघिदेखि बाँस व्यापार गर्दै आएका उनीहरू प्रायः गोरुगाडामै दुई सय घना बाँस लिएर विराटनगर पु-याउँछन् । प्रतिघना १ सय ६० रुपैयाँमा किनेको बाँस उनीहरूले २ सय ४५ सम्ममा होलसेल तथा खुद्रा मूल्यमा विराटनगरमा बेच्छन् । एक गाडीबाट कम्तीमा १४ हजार रुपैयाँ फाइदा हुने उनको भनाइ छ ।

 

बाँस खेती गर्ने किसान पनि फाइदामा

 

लामो समयदेखि बाँस बिक्री गर्दै आएका किसान देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का ५४ वर्षीय धनराज मेहता पनि बाँस व्यापारबाट फाइदा रहेको
बताउँछन् । उनका फरक–फरक स्थानमा गरेर आठ झ्याङ बाँस छन्, जसबाट धनराजले राम्रो कमाइ गर्छन् । 

 

धनराजले २५ वर्षयता बाँस बेच्दै आइरहेका छन् । एक पटक बेच्दा करिब १ लाख ४४ हजार आम्दानी हुने बताउँदै धनराज भन्छन्, ‘बाँस पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिमध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय बिरुवा हो । यसका केही प्रजाथि २४ घन्टामा १० मिलिमिटर ९३६ इन्चसम्म बढ्ने गर्दछ । छिट्टै बढ्ने मात्र नभएर बाँस छिटो पनि फैलिन्छ । बाँस तीन वर्षमा एक पटक बिक्री गर्न लायक हुन्छ ।‘