close

देशभरमा शिवसताक्षीको सबैभन्दा कम बेरुजु

देशभरमा शिवसताक्षीको सबैभन्दा कम बेरुजु

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- झापाको शिवसताक्षी नगरपालिका कम बेरुजु हुने देशभरकै पहिलो स्थानीय तह बनेको छ । ताप्लेजुङका २ वटा गाउँपालिका बेरुजु रकम कम हुनेमा देशभरमै द्वितीय र तृतीय भएका छन् । देशभरका ४ सय ६० गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्बरक गाउँपालिका दोस्रो भएको छ ।


कुल बेरुजु अंकलाई लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा बेरुजु प्रतिशत आउँछ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार झापाको शिवसतासी नगरपालिकाको बेरुजु ०.०६ प्रतिशत अर्थात् ११ लाख ७७ हजार रुपैयाँ मात्र कायम भएको छ । यो नगरपालिकाको कुल १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपंैयाँको लेखा परीक्षण गरिएको थियो । यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु ०.०६५ प्रतिशत अर्थात् ६ लाख ३१ हजार रुपैयाँ देखिएको छ । सिरिजंगाको ९६ करोड ५६ लाख ७४ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो । 


पाथीभरा याङ्बरक गाउँपालिकाको बेरुजु ०.०६६ प्रतिशत अर्थात् ५ लाख ५ हजार रुपैयाँ देखिएको छ । यो गाउँपालिकाको ७५ करोड ८३ लाख ८१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका पनि बेरुजु रकम हुने देशभरका उत्कृष्ट ११औँ तथा ताप्लेजुङभरका स्थानीय तहमा कम बेरुजु हुने तेस्रो स्थानीय तह बनेको छ । 


फुङ्लिङको बेरुजु ०.२६ प्रतिशत अर्थात् ३४ लाख ६६ हजार रहेको मलेप प्रतिवेदनले देखाएको छ । फुङ्लिङको १ अर्ब ३१ करोड ४४ लाख ६१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।
मलेपको प्रतिवेदनमा ताप्लेजुङको सिरिजंगा र पाथीभरा याङ्बरकको बेरुजु प्रतिशत ०.०७ प्रतिशत लेखिए पनि यथार्थ अंक भने क्रमशः ०.०६५ र ०.०६६ प्रतिशत हुन आउँछ । 

कम बेरुजु हुने देशभरका ११ स्थानीय तह 
                 
शिवसताक्षी नगरपालिका, झापा (०.०६ प्रतिशत)

सिरिजंगा गाउँपालिका, ताप्लेजुङ (०.०६५ प्रतिशत)

पाथीभरा याङ्बरक गाउँपालिका, ताप्लेजुङ (०.०६६ प्रतिशत) 

कमल गाउँपालिका, झापा (०.०८ प्रतिशत) 

सहिदलखन गाउँपालिका, गोरखा (०.१० प्रतिशत )

याङ्बरक गाउँपालिका, पाँचथर (०.११ प्रतिशत) 

दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ (०.१२ प्रतिशत) 

झिमरुक गाउँपालिका, प्युठान (०.१५ प्रतिशत )

सिलिचोङ गाउँपालिका, संखुवासभा (०.१७ प्रतिशत)

हतुवागढी गाउँपालिका, भोजपुर (०.१९ प्रतिशत)

फुङ्लिङ नगरपालिका, ताप्लेजुङ (०.२६ प्रतिशत) 

 

बढी बेरुजु हुने देशभरका १० स्थानीय तह 

पिपरा गाउँपालिका, महोत्तरी (३७.९७ प्रतिशत)

जगन्नाथपुर गाउँपालिका, पर्सा (२९.६९ प्रतिशत)

सम्सी गाउँपालिका, महोत्तरी (२८.३० प्रतिशत) 

बौधीमाई नगरपालिका, रौतहट (२७.१३ प्रतिशत) 

सबैला नगरपालिका, धनुषा (२६.३८ प्रतिशत ) 

रामगोपालपुर नगरपालिका, महोत्तरी (२६.३५ प्रतिशत ) 

हरिपूर्वा नगरपालिका, सर्लाही (२४.७१ प्रतिशत) 

पर्सा गाउँपालिका, सर्लाही (२४.३१ प्रतिशत )

मौलापुर नगरपालिका, रौतहट (२२.७८ प्रतिशत)

दुर्गाभगवती गाउँपालिका, रौतहट (२२.७३ प्रतिशत)

 

ताप्लेजुङका स्थानीय तहमा कति बेरुजु ?

पाथीभरा याङ्बरक गाउँपालिका - ५ लाख ५ हजार 

सिरिजंगा गाउँपालिका - ६ लाख ३१ हजार 

फुङ्लिङ नगरपालिका - ३४ लाख ६६ हजार 

मिक्वाखोला गाउँपालिका - १ करोड ५० हजार

फक्ताङ्लुङ गाउँपालिका - १ करोड ११ लाख ४२ हजार 

सिदिङ्वा गाउँपालिका - १ करोड ४६ लाख ९४ हजार 

आठराई त्रिवेणी गाउँपालिका - २ करोड १३ लाख ४ हजार 

मेरिङ्देन गाउँपालिका - २ करोड ३९ लाख २१ हजार 

मैवाखोला गाउँपालिका - २ करोड ४४ लाख ५३ हजार