close

बेरुजु घटाउन सरकारले तोक्यो मापदण्ड, चालू आवमा तीन आर्थिक वर्षको बेरुजु शून्य बनाउनैपर्ने

बेरुजु घटाउन सरकारले तोक्यो मापदण्ड, चालू आवमा तीन आर्थिक वर्षको बेरुजु शून्य बनाउनैपर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले चालू आर्थिक वर्षमा ४ वटा कार्यतालिकामार्फत बेरुजु फस्र्योट गर्नुपर्ने गरी देशभरका स्थानीय तह, मन्त्रालय, विभाग, कार्यक्रम र आयोजनासहितका सार्वजनिक निकायलाई परिपत्र गरेको छ ।


परिपत्रअनुसार अब कात्तिक मसान्त २०७७ सम्म आव २०५९\६० को २० प्रतिशत, आव २०६०\६१ देखि आव २०७५÷७६ सम्मको २० प्रतिशत र आव २०७६\७७ को २० प्रतिशत बेरुजु अनिवार्य फस्र्योट गर्नुपर्ने भएको छ ।


२०७८ फागुनसम्म २०५९\६० को ३० प्रतिशत, आव २०६०\६१ देखि आव २०७५÷७६ सम्मको ३० प्रतिशत र आव २०७६\७७ को पनि ३० प्रतिशत बेरुजु अनिवार्य फस्र्र्योट गर्नुपर्ने कार्यतालिका बनेको छ ।


२०७९ जेठसम्म आव २०५९\०६० तथा २०७६\७७ को ६०–६० प्रतिशत तथा आव २०६०\६१ देखि आव २०७५\७६ सम्मको ५० प्रतिशत बेरुज फस्र्र्योट गर्न अनिवार्य बनाइएको छ ।


चालू आवको असार मसान्तसम्म आव २०५९\६० तथा २०७६\७७ को शतप्रतिशत र २०६०\६१ देखि आव २०७५\७६ सम्मको ८० प्रतिशत बेरुजु फस्र्र्योट गर्नुपर्ने गरी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको हो । 


परिपत्रअनुसार चालू आवभित्र आव २०५९\६० तथा २०७६\७७ को बेरुजुलाई अनिवार्य शून्य बनाउनुपर्नेछ । असुलउपर गर्नुपर्ने, सरकारी हानि–नोक्सानी भएकालाई आवश्यक कारबाही गरी अन्तिम टुंगो लगाउने तथा सरकारी हानि–नोक्सानी र मस्यौट भएबाहेक अन्य विषयमा प्रचलित कानुनबमोजिम सम्बन्धित मन्त्रालयका सचिव वा अधिकारप्राप्त अधिकारीबाट बेरुजु फस्र्योट गराई लगतकट्टाका लागि सिफारिस गर्नेसम्मका अधिकार दिएर सम्बन्धित निकायलाई परिपत्र गरिएको हो ।


परिपत्रअनुसार ५ लाख रुपैयाँसम्मको बेरुजु सम्बन्धित मन्त्रालयको सचिवले, ५ लाखभन्दा माथि १० लाखसम्मको मिनाहा समितिले मिनाहा दिन सक्ने र सोभन्दा माथिको भए उक्त समितिको सिफारिसमा सरकारसमक्ष पेस गर्नुपर्ने कार्यविधि तयार भएको छ ।


सरकारले चालू आर्थिक बर्षमा बेरुजु फस्र्योट गर्ने र बेरुजु न्यून राख्ने गरी ३ वर्गको लक्ष्य निर्धारण गरेको छ । मातहतका विभाग, आयोजना, कार्यालयमा क्रियाशील रही कुल बेरुजु ५ अर्ब रुपैयाँ बढी रहेका मन्त्रालय, निकाय, जसले आफ्नोबाहेक अन्तर्गतकासमेतको लेखा, लेखापरीक्षण र बेरुजु फस्र्र्योटमा जवाफदेही बन्नुपर्छ, त्यस्ता निकायले आफ्नो मातहतका नाममा कायम भएको बेरुजुको न्यूनतम ४५ प्रतिशत फस्र्र्योट गर्नैपर्ने भएको छ । 


यस्तै, मातहतका विभाग, आयोजना, कार्यालयले आफ्नो नाममा रहेको बेरुजुको ५० प्रतिशत र जसले आफ्नो कार्यालयको मात्र लेखा राख्छ, लेखापरीक्षण गराउँछ, बेरुजु फस्र्योट गर्छ, त्यस्ता निकायले आफ्नो नाममा रहेको बेरुजुको न्यूनतम ६० प्रतिशत बेरुजु अनिवार्य फस्र्र्योट गर्नुपर्नेछ ।


सरकारले बेरुजु फस्र्र्योटमा उत्कृष्टताको आधार पनि तय गरेको छ । बेरुजु फस्र्र्योटमा संलग्नलाई प्रोत्साहन रकमसमेत दिने गरी सरकारले उत्कृष्टताको आधार तय गरेको हो । 


जसअनुसार ‘क’ वर्गका निकायका लागि ८० देखि १०० प्रतिशतसम्म बेरुजु फस्र्र्याेट गर्नेलाई सर्वोत्कृष्ट, ५० देखि ८५ प्रतिशत सम्म बेरुजु फस्र्र्योट भए उत्कृष्ट, ४५ देखि ५० प्रतिशतसम्मलाई सामान्य र ४५ प्रतिशतभन्दा कमलाई न्यून बेरुजु फस्र्र्योटको रूपमा लिइने सरकारले भनेको छ ।


यस्तै ‘ख’ वर्गका निकायका लागि ८५ देखि १०० प्रतिशतसम्म बेरुजु फस्र्र्योट गर्नेलाई सर्वोत्कृष्ट, ५५ देखि ८५ प्रतिशतसम्म बेरुजु फस्र्योट भए उत्कृष्ट, ५० देखि ५५ प्रतिशतसम्मलाई सामान्य र ४० प्रतिशतभन्दा कमलाई न्यून बेरुजु फस्र्र्योटको रूपमा लिइनेछ ।


यस्तै ‘ग’ वर्गका निकायका लागि ९० देखि १०० प्रतिशतसम्म बेरुजु फस्र्र्योट गर्नेलाई सर्वोत्कृष्ट, ७० देखि ९० प्रतिशतसम्म बेरुजु फस्र्योट भए उत्कृष्ट, ६० देखि ७० प्रतिशतसम्मलाई सामान्य र ६० प्रतिशतभन्दा कमलाई न्यून बेरुजु फस्र्र्योटको रूपमा लिइनेछ ।