close

१४७ स्थानीय तहबाट ८४ करोड बढी बक्यौता ब्याजसहित असुल्न महालेखाको निर्देशन

१४७ स्थानीय तहबाट ८४ करोड बढी बक्यौता ब्याजसहित असुल्न महालेखाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले १४७ स्थानीय तहबाट करिब ८४ करोड रुपैयाँ बक्यौता कर असुली हुन बाँकी रहेको बताउँदै असुली कार्य अघि बढाउन निर्देशन दिएको छ । 


महालेखा परीक्षकको कार्यालयको ५८औँ वािर्षक प्रतिवेदनमा आर्थिक वर्ष २०७७÷७८ मा यी स्थानीय तहबाट ८३ करोड ६३ लाख १० हजार रुपैयाँ कर असुली हुन बाँकी रहेको देखिएकाले तत्काल असुल्न स्थानीय तहलाई भनेको हो ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ मा वित्तीय अधिकार क्षेत्रअन्तर्गत विभिन्न कर तथा शुल्क लगाउने र आय ठेक्काबापत बक्यौता रकम असुली गर्ने व्यवस्था छ ।


मलेपको प्रतिवेदनअनुसार काठमाडांै महानगरपालिकाले छनोट भएका विभिन्न करदाताबाट २५ करोड १९ लाख ४२ हजार, ललितपुर महानगरले १९ करदाताबाट ३ करोड ३० लाख ८४ हजार र पोखरा महानगरले ३ करोड २८ लाख ३० हजार गरी कुल ३१ करोड ७८ लाख ५६ हजार रुपैयाँ सम्पत्ति कर असुल गर्न बाँकी रहेको देखिएको छ ।


मलेपले योसहित कर असुल गर्न बाँकी रहेको सबै रकम यकिन गरी तत्काल असुली प्रक्रिया अघि बढाउन भनेको छ । यस्तै, काठमाडौं महानगरले लेखा परीक्षणका क्रममा छनोट भएका करदाताबाट मात्र विभिन्न वर्षको घर वहाल कर १२ करोड ९० लाख ४६ हजार, व्यवसाय कर १ करोड ९२ लाख ५२ हजार, पोखरा महानगरले तिनुपर्ने वहाल कर ५० प्रतिशत करदाताको नमुना परीक्षण गर्दा १ करोड ८ लाख ७७ हजार रुपैयाँ दाखिला हुन बाँकी रहेको देखिएको मलेपले बताएको छ ।


रामघाट, गढीघाटलगायत ४ घाटको नदीजन्य पदार्थ बिक्रीका लागि ४ फर्मसँग १३ करोड ४० लाख ६० रुपैयाँ हजार प्राप्त गर्ने गरी सम्झौता भएकामा ५ करोड ३७ लाख ३३ हजार मात्र दाखिला गरेकाले बाँकी ८ करोड ३ लाख २७ हजार असुल गर्नसमेत मलेपले पोखरा महानगरको ध्यानाकर्षण गराएको छ ।


मकवानपुरगढी गाउँपालिकाले दहत्तर बहत्तरको ठेक्का लगाउनुपूर्व विभिन्न व्यक्ति तथा पक्षलाई कर असुल गर्दा नगदी रसिद उपलब्ध गराई जिम्मेवारी दिएकामा विभिन्न ६ निर्माण व्यवसायी तथा व्यक्तिले २ करोड ४७ लाख २० हजार रुपैयाँ असुल गरेकामा गाउँपालिकामा दाखिला नगरेको देखिएको छ ।

 

१० प्रतिशत ब्याजसहित दाखिला गराउन, पर्साका कालिकामाई, छिपहरमाई, धोविनी र पर्टेवा गाउँपालिकाले पोखरी एवं लोडर बहाल ठेक्का सम्झौताबापत २ करोड ८९ लाख २२ हजार असुल नगरेकाले सोसमेत असुल्न मलेपले भनेको छ ।