close

चार वर्षपछि बल्ल न्यूनतम भाडा सिफारिस 

चार वर्षपछि बल्ल न्यूनतम भाडा सिफारिस 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– चार वर्षपछि बल्ल सर्वपक्षीय बैठकले जिल्लाभित्र र बाहिरका लागि न्यूनतम सवारी भाडा निर्धारण गर्न सिफारिस गरेको छ ।
भाडा समायोजन र निर्धारण नहुँदा व्यवसायीले यात्रुसँग मनपरी भाडा असुल्दै आएका थिए । 


उपभोक्ता र नागरिक समाजको चौतर्फी दबाबपछि बुधबार भाडा समायोजनको सिफारिस गरिएको छ । जिल्लाबाट सञ्चालित सबैखाले सवारीको भाडा समायोजन गर्न जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको हो । 

 

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा भएको छलफलले भाडा समायोजनको सिफारिस गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लंक श्रेष्ठले बताए ।

 

यसअघि भाडा निर्धारणको अधिकार प्रमुख जिल्ला अधिकारीलाई भए पनि अहिले यातायात व्यवस्था कार्यालयलाई दिइएको छ । सोहीअनुसार प्रदेश कार्यालयमा सिफारिस गरिएको श्रेष्ठको भनाइ छ । 

 

जिल्लामा कोरोना जोखिम कायमै रहेको अवस्थामा सञ्चालित सवारीसाधनले तेब्बर बढी भाडा असुल्दै आएका थिए । भाडा निर्धारणबारे सिफारिस गर्न आयोजित छलफलमा व्यवसायीलाई मात्रै सहभागी गराइएकामा नागरिक समाजका प्रतिनिधिले गुनासो गरेका छन् । नागरिकको गुनासो सुन्नेभन्दा प्रक्रिया पुर्‍याउन  मात्रै छलफल गरिएको उनीहरूले बताए ।