close

कर्मचारी सञ्चय कोषसहितका निकायलाई भाडाबापतको रकम असुल्न निर्देशन

कर्मचारी सञ्चय कोषसहितका निकायलाई भाडाबापतको रकम असुल्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंस्थित कर्मचारी सञ्चय कोष स्वामित्वको घर घाडाबापत साढे १२ करोड रुपैयाँ बढी रकम ब्याजसहित असुल्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ । 


मलेपको ५८औँ प्रतिवेदनअनुसार घर भाडामा लिने पक्षले ६ माघ २०७३ देखि ६ जैशाख २०७४ सम्मको पहिलो ३ महिनाको भाडा मात्र भुक्तान गरेको छ । 

 

त्यसपछि सम्झौताअनुसारको भाडा नियमित प्राप्त नभएकोले ५ वैशाख २०७५ मा ३२ करोड ५३ लाख रुपैयाँको बैंक जमानत जफत गरी बक्यौता रका चुक्ता गर्न सार्वजनिक सूचना आह्वान भएको विवरण प्राप्त भएको मलेपले बताएको छ । 


कोषले जमानत जफत गरेको रकम घटाई २०७७ असार मसान्तसम्म ब्याज तथा जरिमानासमेत २२ करोड ५१ लाख रुपैयाँ उठाउान बाँकी रहेको मलेपले भनेको छ । 

 

सोही भवनको अर्को भाडा सम्झौता २०७२ असोजमा रद्द गरेकामा ९ करोड ३६ लाख रुपैयाँ बाँकी रहेको मलेपले औँल्याएको छ । कोषले ९ पुस २०७१ मा लगनखेलस्थित भवन मासिक ५४ लाख ७० हजार रुपैयाँमा एक निजी कम्पनीसँग १५ वर्षका लागि भाडामा लिने र दिने करार गरेकामा लामो समयदेखि असुली हुन नसक्दा कोषले उक्त करार १४ भदौ २०७५ देखि अन्त्य गरेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।


कोषले समय समयमा भाडावालले तिरेका रकम र बैंक जमानत जफत गर्दा पनि अझै भाडाबापत १२ करोड २३ लाख र २९ लाख ३२ हजार जरिमानासमेत गरी कुल १२ करोड ५२ लाख रुपैयाँ असुल्न बाँकी रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।


मलेपले भाडावालबाट लिन बाँकी भाडा रकम ब्याज र जरिमानासहित असुल गर्न कर्मचारी सञ्चय कोषलाई निर्देश गरेको हो । यस्तै, मलेपले त्रिभुवन विश्वविद्यालय मातहतका ३ क्याम्पसले जग्गा तथा भवनको विभिन्न भाडा ८५ लाख ८३ हजार रुपैयाँ असुल नगरेको बताएको छ । 


त्रिपुरेश्वरस्थित जनप्रशासन क्याम्पस रहेको १० रोपनी १३ आना क्षेत्रफलको जग्गामा व्यापार केन्द्र भवन निर्माण गरी व्यवसायीलाई ३२ वर्षका लागि लिजमा लिने व्यवसायीले २०६४ वैशाखदेखि १ असार २०६७ सम्म १ करोड ५२ लाख रुपैयाँ बुझाउन बाँकी रहेको मलेपले औँल्याएको छ ।


लामो समयदेखि बाँकी रहेको रकम नबुझाएकामा सम्झौताअनुसार कारबाही गरी असुल गर्न नसक्नुलाई मलेपले लिजमा दिने पक्षको कमजोरी भनेको छ । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताललगायत निकायले ४ करमोड ८७ लाख ७१ हजार रुपैयाँ सम्झौताअनुसार भाडा असुल नगरेको भन्दै मलेपले सम्झौताअनुसारको भाडा रकम विलम्ब शुल्कसहित असुल्न भाडामा दिने पक्षलाई निर्देशन दिएको हो ।