close

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट ४१ अर्ब नजिक 

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट ४१ अर्ब नजिक 

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट घोषणा गरेका हुन् । 

 

कुल बजेटमध्ये चालू खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालू खर्चतर्फ र ५४.८७ प्रतिशत पुँजीगत खर्च रहेको छ ।

 

त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।