close

राष्ट्र बैंकको हस्तक्षेपछि बैंकले घटाए निक्षेपको ब्याज

राष्ट्र बैंकको हस्तक्षेपछि बैंकले घटाए निक्षेपको ब्याज

Trulli
ADVERTISEMENT

काठमाडौं– वाणिज्य बैंकहरूले आफूखुसी निक्षेपको ब्याज बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । राष्ट्र बैंकले मंगलबार बेलुकी २४ घन्टाभित्र ब्याजदर घटाउन चेतावनीसहितको निर्देशन दिएपछि बैंकहरूले ब्याजदर घटाएका हुन् ।


१ कात्तिकमा नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्‍याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयन बैंकले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । 


यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सेञ्चुरी, नेपाल बंगलादेश बैंक, एनसीसी र सिभिल बैंकले एक समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् ।


नेपाल बैंक, एनएमबी, कुमारी, एनआईसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् । 


यसैगरी नेपाल एसबीआईले ९.४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकले समान ९.३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९.०६, सानिमाले ९.०६, प्रभुले ८.५७, राष्ट्रिय वाणिज्यले ८.३६, सिटिजन्सले ८.८, कृषि विकासले ८.८५, तोकेका छन् ।