close

वर्षाले घर भत्किएकालाई ऋषिङ गाउँपालिकाको राहत

वर्षाले घर भत्किएकालाई ऋषिङ गाउँपालिकाको राहत

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षात्को समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई  ६० हजार, आंशिक क्षति भएकालाई  ३० हजार र कम क्षति भएका परिवारलाई  १५ हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

 

गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत १ लाख अनुदान दिने भएको छ । कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए १  लाख अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले  १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार  १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

 

दोस्रो ऋषिङ म्याराथन, दोस्रो ऋषिङ अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड र प्रथम उपाध्यक्ष कप प्रतियोगिता आयोजा गर्ने निर्णय गरिएको छ । यसैगरी कार्यालय सहयोगी र प्राथमिक तहका शिक्षकलाई तलब उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको छ । जसअनुसार लेखापाललाई  १६ हजार, इसिडी शिक्षकलाई  १५ हजार, १–३ विद्यालयका कार्यालय सहयोगीलाई  १० हजार, १–५ विद्यालयका कार्यालय सहयोगीलाई  १२ हजार, १–८ विद्यालयका कार्यालय सहयोगीलाई  १३ हजार र १–१२ विद्यालयका कार्यालय सहयोगीलाई  १४ हजार प्रदान गरिनेछ ।