close

फेरि इन्धनको मूल्य बढ्यो

फेरि इन्धनको मूल्य बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको  १३३ कायम गरेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर  ११६ पुगेको छ ।

 

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर  १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर  ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार  आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

 

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर  ५० वृद्धि गरी एक  हजार ५००  कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा २ अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।