close

भरतपुर महानगरमा विकास निर्माणको छलाङ : अर्थमन्त्री शर्मा 

भरतपुर महानगरमा विकास निर्माणको छलाङ : अर्थमन्त्री शर्मा 

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इष्र्या गर्नलायक विकास भएको बताएका छन् ।


चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायत क्षेत्रमा महानगरले फड्को मारेको मन्त्री शर्माले दाबी गरेका हुन् । ‘यो भनेको सकारात्मक इष्र्या हो, देशभर सबैले सिक्न लायक विकास हो,’ उनले भने, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

 

मन्त्री शर्माले नारायणी तटबन्ध, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, भरतपुरमा निर्माणाधीन रंगशाला निर्माणलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी उनले दिए ।