close

पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन अर्थमन्त्री शर्माको आग्रह 

पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन अर्थमन्त्री शर्माको आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त कलम चलाउन पत्रकारलाई सुझाव दिए ।

 

‘गलत क्रियाकलापविरुद्ध आफ्नो, अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि आलोचना गर्नुस् । सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारको काँधमा छ,’ उनले भने । मन्त्री शर्माले उत्पादन र रोजगारी सिर्जनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे । 


सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले कतिपय प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयक पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा उनले जोड दिए ।


मन्त्री शर्माले पत्रकारको क्षमता बढाउन तालिम सञ्चालनका लागि सरकारको तर्फबाट सहयोग हुने बताउँदै अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।