close

सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा 

सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा 

Trulli
ADVERTISEMENT

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । लेखापरीक्षणका लागि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (नाम्स)  ‘सफ्टवेयर’को प्रयोग गरिने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

 

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्नुका साथै सूचना प्रविधिको प्रयोग गरेर प्रणालीलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण फड्को मार्न लागेको बताए । उनले सबै सरकारी कार्यालयलाई अल्छी नगरी समयमै आयव्यय अद्यावधिक गर्न आग्रह गरे ।

 

मुख्यसचिव शङरकरदास वैरागीले मन्त्रालयका सचिव तथा निकायका लेखा अधिकारीलाई उक्त प्रणालीमा उच्च महत्त्वका साथ अगाडि बढाउन निर्देशन दिए । उनले बेरुजुको परिमाण बढरदै गएकोमा चिन्ता व्यक्त गर्दै यस वर्ष शून्य बेरुजुको वर्ष मनाइरहेकाले सबैले अपनत्व लिनुपर्ने बताए ।

 

उक्त सफ्टवेयरको प्रयोगसँग अब सबै सरकारी कार्यालयको लेखापरीक्षण कागजरहित, डिजिटल प्रविधिबाट हुनेछ । लेखापरीक्षण योजना, लेखापरीक्षण प्रतिवेदन, सम्परीक्षणलगायतका सबै कार्य उक्त सफ्टवेयरको प्रयोगले हुनेछ ।

 

महालेखा परीक्षकको कार्यालयले उक्त सफ्टवेयर प्रयोगसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । साथै, ‘न्याम्स’ व्यवस्थापनका लागि लेखापरीक्षण र सूचना प्रविधिका विज्ञ सम्मिलित समितिसमेत गठन गरिएको छ ।