close

विश्व बैंकको प्रतिवेदन : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै 

विश्व बैंकको प्रतिवेदन : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै 

Trulli
ADVERTISEMENT

काठमाडौं–विश्व बैंकले चालू आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको हो ।

 

नेपालले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको छ ।

 

यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर मालदिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुनेछ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेट्याउनेछ ।

 

पर्यटनमा आधारित अर्थतन्त्र रहेका मालदिभ्स र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।

 

विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

 

विश्व बैंकका अनुसार मालदिभ्स ११ प्रतिशत, भारत ८.३ प्रतिशत, बंगलादेश ६.४ प्रतिशत, भुटान ५.१ प्रतिशत, नेपाल ३.९ प्रतिशत, पाकिस्तान ३.४ प्रतिशत,श्रीलंकाको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुनेछ ।


सार्क मुलुकमा सन् २०२१ को मध्यपछि कोरोनाको दोस्रो लहर कम भएको थियो । त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको प्रतिवेदनमा उल्लेख छ । यसमा औद्यागिक उत्पादनमा आधारित भारत र बंगलादेशले राम्रो संकेत देखाएका छन् ।