close

भीमदत्तको राजस्व संकलन ५ करोड 

भीमदत्तको राजस्व संकलन ५ करोड 

Trulli
ADVERTISEMENT

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालू आवको ५ महिनामा ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो ।

 

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मंसिरसम्म उक्त राजस्व संकलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ ।

 

त्यस्तै, आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य करअन्तर्गत ७ करोड ५० लाख रुपैयाँ संकलन भएको छ । 

 

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आय बढाउँदै लगेको छ । ४ वर्षअघि नगरपालिकाको आय करिब ४ करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड रुपैयाँ पुर्‍याइएको थियो ।