close

टेलिकमको नाफा करिब ४ अर्ब बढ्यो

टेलिकमको नाफा करिब ४ अर्ब बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल टेलिकमले चालू आवको दोस्रो त्रैमासमा नाफा बढाएको छ । शनिबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिसम्ममा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिसम्म ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले (१८ दशमलव ४९ प्रतिशत) ले वृद्धि भएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ कमाएको छ ।

 


गत आवको सो अवधिको तुलनामा चालू आवको सोही अवधिमा आर्थिक विवरण सकारात्मक हुनुको कारणमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको कम्पनीले बताएको छ ।

 


कम्पनीले टुजी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानमा समेत ती सेवाको पहुँच विस्तार हुँदा ग्राहक आधार वृद्धि भएको तथा एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षण वृद्धि भएको जनाएको छ ।

 

कोभिडविरुद्धको खोप कार्यक्रमपछि महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी व्यापार व्यवसायमा आएको संकट चालू आवको सुरुबाटै केही सहज भएकाले कम्पनीका आयोजना तथा सेवा वितरण सहज हुँदै गएको जनाएको छ ।

 

गत आवको द्वितीय त्रैमासिक अवधिमासम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधिसम्म १ अर्ब ४८ करोड २३ लाख ३ हजार अर्थात् ८ दशमलव ३६ प्रतिशतले वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ ।

यसैगरी गत आवको द्वितीय त्रैमासिक अवधिसम्मको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधिसम्म कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार अर्थात् ६ दशमलव ८७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

 

गत आवको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेको उक्त कम्पनीको चालू आवको सोही अवधिको कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार अर्थात् ३ दशमलव ७७ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

 

पुस मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ दशमलव ८९ रुपैयाँ छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ७८ अर्ब ५८ करोड २८ लाख सञ्चित गरेको छ ।