close

वीरगञ्ज महानगरको राजस्व संकलन बढ्यो

वीरगञ्ज महानगरको राजस्व संकलन बढ्यो

Trulli
ADVERTISEMENT

पर्सा–पर्साको वीरगञ्ज महानगरले करको दर नभई दायरा बढाएपछि राजस्व संकलन बढेको छ । कोरोना संक्रमणको प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरले कर छुटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो ।

 

महानगरले चालू आर्थिक वर्षको पहिलो सात महिनामा ३५ करोड ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव २६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा महानगरले २५ करोड ५५ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

महानगरको नवौँ नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघ–संस्थालाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा ५ प्रतिशत र घर वहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले बताए ।

 

उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार र घर वहाल कर शीर्षकमा ४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।