close

जेठदेखि सेयर बजार शुक्रबार पनि खुल्ने

जेठदेखि सेयर बजार शुक्रबार पनि खुल्ने

Trulli
ADVERTISEMENT

काठमाडौँ । अब जेठ महिनादेखि शुक्रबार पनि धितो पत्र (सेयर) बजार खुल्ने भएको छ भने आइतबार बन्द हुनेछ ।

 

रकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै धितो पत्र बजार समेत प्रभावित हुने भएपछि धितो पत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो । यसअघि आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो ।

 

शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजी बजार छलफल’ कार्यक्रममा बोल्दै धितो पत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार जेठपछि पनि पाँचै दिन संचालनमा ल्याउन शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।

 

अबदेखि आइतबार भने सेयर बजार बन्द रहने छ । सरकारले पछिल्लो समय बढ्दो आयात, घट्दो रेमिट्यान्सका बिच निरन्तर बढ्दो व्यापार घाटाको चाप र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्न भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

 

सातामा पाँच दिन मात्र कारोबार हुने सेयर बजार के हुन्छ भन्ने आम सरोकारवाला पक्ष, लगानीकर्ताहरूमा अन्यौलता थियो । यसै अन्योलताका बिच धितो पत्र बोर्डले आइतबारको सट्टा शुक्रबार बजार खोल्ने निर्णय गरेको हो ।