close

दोहोरो अंकले बढ्यो सेयरबजार

दोहोरो अंकले बढ्यो सेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन सेयरबजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।  परिसूचक १२.२७ अर्थात् ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।

 

सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये नौ उपसमूहमा हरियाली छाउँदा चार उपसमूह राताम्मे भएका थिए । 

 

बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ ।

 

आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ ।