काठमाडौं । विगत केही दिन सुधार देखिएको सेयरबजार बिहीबार ओरालो लागेको छ ।
अघिल्लो चार कारोबार दिन १३० अंकले बढेको सेयरबजारमा बिहीबार गिरावट आएको हो । आज (बिहीबार) सेयरबजार परिसूचक नेप्से १८.६४ ले झरेर २३५.४२ विन्दुमा आएको छ ।
सुरुवाती चरणमा सुधार देखिए पनि बजार घटेर बन्द भएको छ ।
यस दिन जाल्पा सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।