close

मेगा बैंक र आइडिई नेपालबीच सम्झौता

मेगा बैंक र आइडिई नेपालबीच सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं । मेगा बैंक र आइडिईबीच कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा एक सम्झौता भएको छ । 

 

साना किसानको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत् वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले सो सम्झौता भएको प्रमुख सूचना अधिकारी तुल्सीराम अधिकारीले जानकारी दिएका हुन् ।  

 

मेगा बैंक नेपाल लिमिटेड र  आइडिई नेपालबीच भएको सम्झौतामा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडिई नेपालका नेपाल प्रमुख कोरी ओ हाराले हस्ताक्षर गरेका छन् । 

 

सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला कृषकलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसायका लागि आइडिई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।