close

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउने प्रक्रिया अघि बढेको छ : मन्त्री

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउने प्रक्रिया अघि बढेको छ : मन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने सरकारले तयारी थालेको छ ।


शुक्रबार प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । 


उनका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन छ।

मूल्यवृद्धिका कारण सर्वधारणमा परेको मारलाई ध्यान दिएर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ, प्रस्ताव मन्त्रिपरिषदमा पेश भएर अर्थमन्त्रालयमा पुगेको छ,’ उनले भने । 


हाल बजार मूल्य १८० रुपैयाँ रहेको एक लिटर पेट्रोलमा सरकारले ६३.३४  रूपैयाँ  कर उठाउँदै आएको छ।

 

पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइने सरकारले तयारी गरेको छ । जसअनुसार अब प्रतिलिटर  १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

 

कर घटेसँगै प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्नेछ । अत्यधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्को आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।