close

कीर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा रात्रिकालीन खेल खेल्न सकिने व्यवस्था मिलाइनेछ : अर्थमन्त्री

कीर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा रात्रिकालीन खेल खेल्न सकिने व्यवस्था मिलाइनेछ : अर्थमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का लागि दुई अर्ब ९ करोड रुपैयाँ विनियोजन भएको छ ।

 

संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । 

 

त्यस्तै, उनले खेलकुद पर्यटकका हाइअल्टिच्यूड स्थलमा साहसिक खेलकुद तालिम सेन्टरका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताएका छन् ।

 

मूलपानीमा  निर्माणधीन अन्तर्राष्ट्रिय किक्रेट खेल मैदानको निर्माण कार्य आगामी आवमा सम्पन्न गरिने उनले बताए । 

 

त्यस्तै, कीर्तिपुर अन्तर्राष्ट्रिय कीर्तिपुर क्रिकेट स्टेडियममा रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्तिका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । 

 

प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणधीन गौतमबुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्न व्यवस्था मिलाउने उनले बताए । 

 

नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम पनि विनियोजन गरेको उनले बताए । 

 

सरकारले एक स्थानीय तह एक खेल मैदानलाई निरन्तरता दिएको बताएका छन् । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।