close

प्रदेश र स्थानीय तहलाई कति बजेट छुट्ट्याइयो ?

प्रदेश र स्थानीय तहलाई कति बजेट छुट्ट्याइयो ?

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

 

यसका साथै, पूर्वाधारसम्बन्धी आयोजना पूरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । 

 

यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।